• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बैंक/वित्तीय ,
  • Breaking News ,
  • बीमा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौंं - नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ  । कम्पनीले  हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी  ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १ सय ५२ को  १५ प्रतिशतको दरले बोनस शेयरको रुपमा ६० करोड ५२ लाख ७३ हजार ७ सय २३ रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने, तथा प्रस्तावित उक्त वोनस शेयरमा लाग्ने कर रकमका लागि ०.७८९ प्रतिशतका दरले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५ सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया