कमल खानाले परदेशीको पीडा यसरी बाकसमा नेपाल पठाए - भिडियो सहित 

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा लामो समय सफल यात्रा गरिसकेका गायक तथा सर्जक हुन कमल खनाल । उनका विगत देखि वर्तमान सम्मका हरेक गीत दर्शक स्रोताको मन जित्ने खालका हुन्छन । 

अडियोको समयदेखि अहिले डिजिटलको समय सम्म आइपुग्दा पनि खनाल गीत सङ्गीतमा उत्तिकै सक्रिय छन । उनै खनालले परदेशी नेपालीको पीडा बोकेको नयाँ गीत बाकसमा भर्खर मात्र सार्वजनिक गरेका छन । 

गीतले अरु गीतमा भन्दा केही फरक कथा उठाएको छ । घरको नाजुक अवस्था सुधार गर्न विदेश पसेकी आमा जिउँदो नफर्केपछि  परिवारमा परेको पीडालाई गीतले उठाएको छ । गीतमा कमल खनाल आफैले लय तथा शब्द सिर्जना गरेका छन भने मनोज खड्काले संगीत संयोजन गरेका छन । 

सुप्रिम मल्ल तथा पुजा देवकोटाले गीतमा आवाज दिएका छन भने म्युजिक भिडियोको पक्ष पनि दमदार बनाइएको छ । गीतलाई मिराज अर्यालले निर्देशन गरेका छन भने सारिका केसी,कुलदिप अधिकारी,आयुषा क्षेत्री,नरेश धिताल लगाएतले दमदार अभिनय गरेका छन । 

 

प्रतिक्रिया