तत्काललाई लोडसेडिङ टर्यो, भारतसंगको विद्युत खरिद सम्झौता नवीकरण

काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । योसँगै हाललाई सम्भावित लोडसेडिङ जोखिम पार लागेको छ । भारतले तीन महिनाको लागि मात्रै नवीकरण गरेको हुँदा यसले केही शङ्का उपशंका पनि जन्माएको छ। 

नेपाल र भारतबीचको सम्झौता यही आइतबार अर्थात् मार्च १८ मा सकिँदै थियो । तर, सम्झौता अवधि सकिन केही दिन बाँकी रहँदै नविकरण भएको हो । उक्त सम्झौता आगामी वर्ष २०८१ को असार दोस्रो सातासम्मका लागि मात्रै भएको हो । प्राधिकरणले भारतबाट विजुली आयातलाई निरन्तरता दिन नसके नेपालमा लोडसेडिङ हुने जोखिम बढेको थियो । तर, तीन महिनालाई भने साम्य भएको छ।

अब थप तीन महिनाका लागि नेपालले प्रतिस्पर्धा बजारबाट विद्युत आयात गर्न पाउने छ । यद्यपि, यो एक वर्षका लागि हुनुपर्ने थियो ।

प्रतिक्रिया