• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

बेनी बजारको काखमा बसेर नकुल ढकालले सिर्जना गरेको मौलिक गीत महारानी चर्चामा - भिडियो सहित

काठमाण्डौ - यसो त धेरैले तीज गीतमा विकृति आयो भन्ने गरेको सुनिन्छ । तर मौलिक तीज गीतलाई खासै महत्व दिएको समेत पाइँदैन । यो तीजमा पनि त्यस्ता केहि गीतहरु सार्वजनिक भएका छन जुन गीत अत्यन्तै उत्कृष्ट र तीजको भाव वोकेका छन । 

यस्तै असली तीजको गीत लिएर आएका नकुल ढकाल नविनले । निकै थोरै सिर्जना गर्ने तर उत्कृष्ट सिर्जना गर्ने नकुलले यो पटक पनि तपाई हाम्रो गाँउ घरमा घट्ने घटनालाई टिपेर गीतमा माला बनाएका छन । 

अडियो र भिडियो समेत उत्कृष्ट रहेको सो गीतमा रिना केसी,पार्वती जिसी,रवि कार्की,नकुल ढकाल र विनीता पौडेल सुवेदीको आवाज रहेको छ । गीतलाई नकुल आँफैले सिर्जना गरेका हुन । 

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई भुपेने वाँनीयाले निर्देशन गरेको सो भिडियोको कथा भने सर्जक ढकालले नै बनाएका हुन । गीतमा पुर्खे बा,अनु पराजुली,माया गिरी,नकुल ढकाल र वर्षा क्षेत्रको अभिनय रहेको छ ।

 

प्रतिक्रिया