काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सरकारले सवारी साधनको भाडा समेत घटाएको छ । शनिवार सरकारले इन्धनको मूल्यमा भारि कटौती गरेको थियो ।
यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।
सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।