यी पाँच जनाबाट बन्ने छन् धितोपत्र बोर्डको प्रमुख

काठमान्डौ - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डमा अब भने चाडै प्रमुख आउने संकेत देखिएको छ । अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनाेट भएको छ । 

आवेदकबाट कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनाेटमा परेका हुन् ।

छनाेटमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

छनाेटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरिने छ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।

प्रतिक्रिया