के पल शाह बिरुद्द अर्को उजुरी पनि पर्ला ?

काठमाडौं - नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानीको सृंखला नै सुरु भएको छ । ११ फागुनमा पहिलो जाहेरी दर्ता भए लगत्तै आईतवार पीडित परिवार नवलपरासीको गैंडाकोटमा अर्को उजुरी लिएर पुगेका हुन

जाहेरी अनुसार शाहले ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला उनै गायिका माथी जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा उल्लेख छ।प्रहरीले भने जाहेरीको विवरण अध्ययनपछि मात्रै दर्ता हुने÷नहुने टुंगो हुने जनाएको छ। 

यसअघिको जाहेरी जिल्ला प्रहरी कार्यालय, तनहुँमा दर्ता भएको छ। लगत्तै फरार रहेका शाह आईतवार आफै प्रहरीमा हाजिर भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गराएको छ । 

यस्तै उनले पटक पटक यौन दुर्ब्यबहार गरेका कारण अझ एक ठाउँबाट पनि उजुरी पर्ने सम्भावना रहेको छ । ती गायिकाले आफूलाई विभिन्न ठाउँमा गरी ३ पटक जबर्जस्ती गरेको उजुरीमा उल्लेख गरेकी छ । 

 

प्रतिक्रिया