काठमाण्डौ । पछिल्लो समयका चर्चित गायक गायिकाहरु कुसल बेल्बासे र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत चिना मिलेन भर्खर मात्र सार्वजनिक भएको छ
उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको कमल प्रसाद कँडेलले शब्द सिर्जना गरेका छन भने श्रीकृष्ण अर्यालले लय सिर्जना गरेका छन । गीतको लय,शब्ल तथा भिडियो समेत निकै दमदार रहेको छ । गीतले छोटो समयमै राम्रो प्रक्रिया पाइरहेको गायिका शान्ती श्री परियारले आर्थिक सन्देशलाई बताउनु भयो ।
गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन भने राजु महोतरा र सारिका केसीले अभिनय गरेका छन ।