स्पेन र जर्मनीले बाँडे अंक, के जर्मनी अर्को चरणमा जाने सम्भावना अझै छ?

काठमाडाैं - कतारमा जारी फिफा विश्वकप २०२२ मा, सोमबार भएको खेलमा स्पेनसँग अंक बाँडेसँगै जर्मनीले अर्को चरणमा जाने आशा कायम राखेको छ।

समूह ई मा स्पेन, जापान कोस्टा रिका र जर्मनी गरी ४ राष्ट्र छन्। यी चारवटै राष्ट्रहरुले २ खेल सकाइसकेका छन्। दुई खेल सकिँदा सम्ममा जर्मनी बाहेक अन्य तीन राष्ट्रले १ खेल जितेका छन्।जर्मनीसँग अंक बाँडेको स्पेन, ४ अंकसहित समूहको शीर्ष स्थानमा छ। त्यसैगरी, पहिलो खेलमा जर्मनीलाई पराजित गरेको जापान ३ अंक सहित दोस्रो स्थानमा छ भने हिजो साँझ भएको खेलमा जापानलाई पराजित गरेको कोस्टारिका तेस्रो स्थानमा छ।

यस समूहको अर्को खेल जर्मनीले कोस्टारिका विरुद्ध खेल्नेछ भने जापानले स्पेनको सामना गर्नेछ। ती खेलहरुमा जर्मनीले कोस्टारिकालाई र स्पेनले जापानलाई पराजित गरेमा मात्र ४ अंक सहित जर्मनी अर्को चरणमा प्रवेश गर्नेछ। कोस्टारिकासँगको खेल बराबरीमा सकिए वा हारेमा, जर्मनी समूहचरणबाटै बाहिरिनेछ। त्यसैगरी, जर्मनीले काेस्टारिकासँगकाे खेल जित्याे तर, जापान र स्पेनले बराबरी खेलेमा गोल अन्तरका आधारमा जर्मनी र जापानमध्ये एक राष्ट्र अर्को चरणमा पुग्नेछ।

सोमबार भएको स्पेन विरुद्ध जर्मनीको रोमाञ्चक खेल १–१ को बराबरीमा सकिएको छ। खेलको ६२ मिनेटमा मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ८३ औँ मिनेटमा फल्करगले ८३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

 

 

 

प्रतिक्रिया