काठमाडौं - नेपाली लोक दोहोरीको क्षेत्रमा पहिलो पटक सञ्चालनमा आएको दोहोरी च्याम्पियनको उपाधिका घोषणा भएको छ ।
बालचन्द्र बराल र शोभा कार्कीको टिमलाई पछि पार्दै प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका छन् । यो सँगै उनीहरुले बीस लाख नगद समेत प्राप्त गरेका छन् ।
यस्तै सविन आचार्य र रिता रावतको टीम तृतीय स्थान हासिल गर्न सफल भएको छ । साथै मीना नेपाल र राजेन्द्र पाठकको टीम चौथो भएको छ ।
फाइनल शनिबार पोखरामा सम्पन्न भएको छ ।