• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बजार ,
  • Breaking News

अनावस्यक हल्लाको असर बजारमा,दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम स्थिर

काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम भने ४ अर्ब माथि पुगेको छ । 

बजार ३२ अंकले घटेर २७३३ बिन्दुमा आएको छ । मौद्रिक नीतिको अनावस्यक हल्लाका कारण लगानीकर्ताहरु मा अन्योल सिर्जना भएको बजार सम्बन्धी जानकारहरूको भनाइ छ । 

आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ । ४ अर्ब १६ करोड माथिको कारोबार हुँदा नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । 

२२७ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा  १४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया