इश्वरको "छुट्टी छोटो छ" मा महेन्द्र र रञ्जिताको जोडी

काठमाण्डौशिरफूल शिरैको गीतबाट सबै माझ चर्चामा रहेका गायक ईश्वर सिंहको आवाज रहेको नयाँ गीत छुट्टी छोटो छ भर्खर मात्र सार्वजनिक भएको छ । 

लाहुरेको कथामा बनेको सो गीतको अडियो र भिडियो समेत निकै दमदार बनेको छ । रमेश परियारको लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा ईश्वरलाई मिना गुरुङले साथ दिएकी छन । 

पुराना तथा लोकप्रिय मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको गीतमा अभिनय देख्न सकिन्छ । गीतलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन । 

 

प्रतिक्रिया