मानव अधिकार समुहद्वारा कालिका नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

कमल राज ढकाल/चितवन - कालिका नगरपालिका मानवअधिकार समुहले नगर प्रमुख विनोद रेग्मीलाई ज्ञापन-पत्र बुझाएको हो । 

सो कार्यक्रममा मानवअधिकारका सवाललाई स्थानिय सरकार मार्फत सम्बोधन गरी मानवअधिकार मैत्री नगर निर्माण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको समूहकी अध्यक्ष निर्मला थापाले जानकारी दिईन् ।

कालिका नगरपालिकाको ११ वटै वडा बाट समस्या पहिचान गर्दै ११ वटा बुँदामा नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । समुहले कालिकाको ११ वटै वडामा फोहोर व्यवस्थापनको व्यवस्था नभएको, अपाङ्गमैत्री विद्यालय नभएको, सरकारी कार्यालयहरुमा नागरिक वडापत्र नभएको, सार्वजनिक यातायातको राम्रो प्रवन्ध नभएको लगायत समस्याहरुको पहिचान गरेको बताएको छ ।

त्यस्तै विद्यालयहरुमा सेनिटरी प्याडको वितरण आवश्यकताको आधारमा नभएको, डम्पिङ साईटको व्यवस्था नभएको, स्वास्थ्य केन्द्रहरुमा नि:शुल्क पाउनुपर्ने औषधीहरु नपाईएको र आर्थिक अभावको कारण बालबालिकाहरु आधारभूत शिक्षाबाट समेत बन्चित भएको कुरा उक्त ज्ञापनपत्रमा उल्लेख छ।  

कालिका नगरपालिका प्रमुख बिनोद रेग्मीले ज्ञापन पत्र बुझ्दै मानवअधिकार मैत्री नगर निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । सो कार्यक्रममा कालिका मानव अधिकार समुहबाट ,उमानन्द पौडेल , दिलु राना मगर राम बहादुर बोहोरा , जिल्ला सहजक्रता गायत्री गिरिको सहभागी थियो

प्रतिक्रिया