गुल्मीमा शान्ति श्रीको धमाका,हजारौं दर्शक कोकिल आवाजमा मन्त्रमुग्ध

काठमाडौं - पछिल्लो समयकी निकै सफल गायिका भित्र पर्छनी गायिका शान्ति श्री परियार । देशका विभिन्न कार्यक्रममा व्यस्त गायिकाले स्टुडियोमा समेत सोही अनुसारको समय व्यवस्थापन गरिरहेकी छन् । 

नयाँ वर्षको अवसरमा गुल्मी पुगेकी परियारले हजारौं दर्शक बीचमा आफ्नो प्रस्तुति राखिन् । उनको प्रस्तुतिमा दर्शक निकै रमाएको आयोजकले समेत जानकारी दिएको छ । 

बोल माया,गलबन्दी,एक तर्फी माया,चौका दाउँ जस्ता सुपरहिट गीतमा आवाज दिएकी परियारको पछिल्लो गीत घुमी घुमी पनि निकै चर्चामा छ । 

अनुशासित मेहनती र मिलनसार गायिका परियारले एक दशक भन्दा लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएकी छन् । 

प्रतिक्रिया