काठमाण्डौ । नेपाली गीत सङ्गीतको संरक्षणमा निरन्तर क्रियाशील सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत "बर्खामास" भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो नेपालको माैषमी समयलाई गीत सङ्गीतमा ढालिएको सो गीतको अडियो र भिडियो निकै दमदार र उत्कृष्ट रहेको छ । गीतमा विष्णु खत्री र शान्ती श्री परियारको आवाज रहेका छ भने गीतलाई विष्णु खत्री आफैले लय तथा शब्द सिर्जना गरेका छन ।
गीतलाई निकै रमणीय ठाँउमा दृश्य छाँयाङकन गरिएको छ । गीतलाई व्यवसायिक सफलता भन्दा पनि आफ्नो संस्कृति संरक्षणको लागि आफूले यस्ता सन्देशमूलक गीतहरू सार्वजनिक गरेको खत्रीले आर्थिक सन्देशलाई बताउनु भयो । किसानी दाई,भरिया दाई जस्ता किसानका भावना बोकेका खत्रीले यस अघिनै गीत सार्वजनिक गरिसक्नु भएको छ ।
पछिल्लो गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन भने तुलवीर थापा र पुजन घिमिरेले गीतमा अभिनय गरेका छन ।