दुई बैंकमा जागीरको अवसर

काठमाडौंं -गरिमा विकास बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी मागेका छन् ।

कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय अन्तर्गत  अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकका वेबसाइट  https://www.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, गरिमा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया