जीवन कँडेलको उत्कृष्ट तीज गीत "छम छम"मा गणेश र सुनिताको सुमधुर आवाज - भिडियो सहित

काठमाण्डौ । छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरू सार्वजनिक गरेर चर्चामा आउन सफल बहुप्रतिभाका धनी सर्जक तथा गायक जीवन कँडेलको यो वर्षको लागि नयाँ तीज गीत छम छम भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाइ कँडेलको गीतमा उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सोही अनुसारको सुमधुर लय समेत बनाएका छन । समग्रमा गीतको लय तथा शब्द सिर्जना निकै उत्कृष्ट रहेको छ । गीतमा लोकप्रिय गायक गणेश अधिकारी र सुनिता बुढाले आवाज दिएका छन भने शब्द तथा लय कँडेलकै रहेको छ । 

उता गीतको म्युजिक भिडियो समेत निकै मेहनत गरेर बनाइएको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा लोमश शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक तथा सर्जक कँडेलले गीतबाट दर्शक स्रोताको राम्रो माया पाउनेमा आफूहरू आशावादी रहेको बताउँदै सम्पूर्ण टिमले निकै मेहनतका साथ काम गरेको बताउनु भयो । 

 

प्रतिक्रिया