दक्षिण भारतीय फिल्मको झल्को दिने नृत्य सहित प्रकाश भट्टले निर्देशन गरेको नयाँ गीत दर्पण हेर चर्चामा

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका नम्बर एक निर्देशक प्रकाश भट्ट यो तीजमा समेत चर्चाको शिखरमा रहेका छन । उनले गरेका काम यो वर्ष दर्शक स्रोताले निकै मन गराइरहेका छन । 

२ दर्जन भन्दा धेरै गीतहरूको म्युजिक भिडियो तीजमै निर्देशन गरिसकेका प्रकाशले उत्कृष्ट नृत्य निर्देशन गरेको नयाँ गीत दर्पण हेर भर्खर मात्र सार्वजनिक भएको छ । दक्षिण भारतीय चलचित्रमा हुने नाच जस्तै यो गीतमा कलाकारहरू र निर्देशकले मेहनतले काम गरेको गीत हेर्ने दर्शकलाई महसुस गर्दछन् । 

उनको पछिल्लो गीतमा शोभा कार्की र खेम सेञ्चुरीले आवाज दिएका छन भने नेत्र अर्यालले शब्द सिर्जना गरेका छन । गीतलाई खेम आफैले लय सिर्जना गरेका हुन । गीतमा खेम र गिता ढुङ्गानाले नृत्य गरेका छन । 

यस अघिका तीजमा पनि प्रकाशले निर्देशन गरेका गीतका स्टेपहरु भाइरल भएका थिए । 

प्रतिक्रिया