दाङमा इनार सफा गर्न गएका दुई जनाको निसासिएर मृत्यु

काठमाडौं । दाङमा इनार सफा गर्न गएका दुई जनाको निसासिएर मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेका छन्। उनीहरू बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भित्र प्रवेश गरेका थिए।

बाहिर निस्कन नसकी निसासिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनीहरूलाई इनारबाट निकालेको थियो। उपचारका लागि राप्ति प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको थियो, जहाँ बिहान ११ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए भनी दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया