सुमधुर आवाजको धनी गायिका संगीता पौडेलको आफ्नै सिर्जना "पोल्ला मेरा आँसुले" सार्वजनिक

काठमाडौँ । गायक राजु परियार र संगीता पौडेलको स्वर रहेको 'पोल्ला मेरा आँशु' बोलको रोइला गीत भर्खर मात्र सार्वजनिक भएको छ । बहु प्रतिभाकी धनी गायिका पौडेलको पछिल्लो गीतलाई दर्शक स्रोताहरुले पनि राम्रो प्रतिक्रियाहरू दिइरहेका छन् । 

 गायिका संगीताकै युट्युवमा सार्वजनिक गीतको शब्द र संगीत पनि संगीताकै रहेको छ । यस्तै गीतको एरेन्ज संजय श्रीपालले गरेका छन् । 

गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको अभिनय रहेको छ । प्रशान्त मगरको कोरियोग्राफि रहेको भिडियो मुकेश हुमागाईँले खिचेका हुन् । भिडियोको निर्देशन भने कुमार केसीले गरेका हुन् ।

 

 

प्रतिक्रिया