काठमाडौं। हाल देशभर मनसुनको प्रभाव कायम छ, र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
भोलि सोमबार पनि देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानहरूमा र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।