निरन्तर घटेको सुनको मूल्य, आज बढ्यो,कति पुग्यो तोलामा

काठमाडौंं - मंगलबार सुनचाँदीको भाउ महंगिएको छ । असोज ४ गते, सुन तोलामा ४०० रुपैयाँले बढेको हो । चाँदी पनि यस दिन पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको तेश्रो दिन छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।सोमबार गत आठ महिनायताकै न्युन विन्दुमा पुगेको सुन मंगलबार भने वृद्धि भएको हो । हिजो सुन तोलामा ४०० रुपैयाँले सस्तिएर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा झरेको थियो ।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

विश्व बजारमा भने मंगलबार सुनकाे भाउमा गिरावट देखिएकाे छ । साे बजारमा सुन प्रतिअउन्स २ डलर भन्दाबढिले घटेर एक हजार ६७२ डलरमा काराेबार भइरहेकाे छ । चाँदी पनि अन्तरराष्ट्रिय बजारमा सस्तिएर प्रतिहउन्स १९ डलरमा झरेकाे छ ।

प्रतिक्रिया