लाखौं नेपालीको भावना बोल्ने दुर्गेश कार्कीको नयाँ गीत "परदेशीको धन"

काठमाडौँ - नेपालीहरू कामको सिलसिलामा जहाँ भए पनि आफ्नो देशको कला र संस्कृतिलाई निरन्तर अगाडि बढाइरहेका हुन्छन्। 

जापान जस्तो व्यस्त देशमा रहेर पनि युवा गायक तथा सर्जक दुर्गेश कार्कीले आफूलाई सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय राखिरहेका छन्। उनको आवाजमा धेरैले सम्भावना देखेका छन्।

दुर्गेश कार्कीले भर्खरै लाखौं नेपालीले भोग्दै आएको पीडालाई समेटेर नयाँ गीत "परदेशीको धन" बजारमा ल्याएका छन्। यस गीतमा परदेशीहरूको भावना र पीडालाई परिवार र आफन्तले पनि बुझ्न नसकेको कुरा उल्लेख गरिएको छ। 

दुर्गेश कार्कीको आफ्नै शब्द र लय रहेको यस गीतमा उनलाई सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छिन्।

दिनेश केसीको निर्देशनमा तयार भएको यो गीतमा Danee Austine र अञ्जली आलेको अभिनय रहेको छ।

 

प्रतिक्रिया