सांकेतिक तस्बिर
धनगढी— दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा आज बिहान एक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले दुर्घटनामा परेका मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए।
दुर्घटनाग्रस्त जिप मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आउँदै थियो र स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा सकेर फर्किंदै गरेका दर्शनार्थीहरू बोकेको थियो।
बिहान करिब ४ बजे जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार भइरहेको छ र थप यात्रुहरू सवार हुनसक्ने आशंकामा खोजीकार्य जारी छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।