तिहारको लहर सँगै सुनचाँदीको मूल्य स्थिर

काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

प्रतिक्रिया