एसियन लाइफ इन्स्योरेन्सले ५० करोडको बोनस सेयर दिने


काठमाडौं–विभिन्न संस्थाले आफ्नो सेयर सदस्यलार्य लाभांश वितरण गरिरहेका छन् । यसैबीच एशियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १३औं वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा लाभांश वितरण, २०७६÷७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।


साधारण सभाले हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरी पारित गरेको छ ।  त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरी पारित गरेको कम्पनीले जनाएको छ ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

प्रतिक्रिया