कोरिया जाने प्रतिक्षा रहेका नेपालीहरुको लागि आयो यस्तो खवर

काठमाण्डौ। लामो समय देखि कोरिया जाने तयारीमा जाने तयारीमा रहेका नेपालीहरु अब भने जान पाउने भएका छन । 

कोरियाको मानव संसाधन विकास बोर्ड तोकेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली कामदार कोरिया पठाइने वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ। कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको ईपीएस शाखाले जनाएको छ। अक्टोबरमा सीधा उडानको सम्झौतापछि नियमित उडान हुने र एचआरडीले अन्तिम छनोट गरेका नेपाली कामदार पठाउन सुरु गरिने शाखाले जनाएको छ। 

मापदण्डअनुसार नेपालबाट जाने कामदारको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्नेछ। दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले शिखर, प्रिमियर, अजोड, एनएलजी, आइएमई र प्रभु इन्स्योरेन्स कम्पनी छनोट गरिसकेको छ। यी कम्पनीले कोरिया जाने कामदारको ५ हजार डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ।

कोभिडका कारण २ वर्षयता कोरियाको रोजगारी ठप्प छ। भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार नेपाली कामदार कोरिया जान पाएका छैनन्। 

प्रतिक्रिया