काठमाण्डौ । आफ्नो नयाँ गीत पीरको चर्चा र आलोचना चुलिएको बेला गायक तथा सर्जक प्रकाश सपूतले यस बारेमा प्रष्ट पारेका छन । उनले गीतले कसैको मन दुखाएको भए आफू क्षमा माग्न तयार रहेको समेत प्रष्ट पारेका छन ।
माओवादी पूर्व लडाकुहरूले कसरी देशमा दुख पाइरहेका छन भन्ने विषयमा बनेको गीतले पूर्व लडाकु महिला देहव्यापारमा लागेको दृश्य देखाएको छ । यही विषयलाई लिएर माओवादी निकट नेताहरूले गीतको आलोचना गर्दै आएका छन ।