काठमाण्डौ । प्राय तीजमा मौलिक शब्द सहितका तीज गीत बनाउने सर्जक शिव अखेलीका यो वर्षको २ गीत चर्चामा रहेका छन भने भर्खर मात्र सार्वजनिक भएको अर्को नयाँ गीत मन भयो दोधार पनि चर्चा कमाउन सफल भएको छ ।
विन्दुले सबैको मन जितिरहेका बेला श्रीमान श्रीमती र घर परिवारमा भएको विषयलाई उठाएर नयाँ गीत बनाएका छन । सो गीतमा पशुपति शर्मा र सरस्वती लामिछानेले आवाज दिएका छन । यो गीत पनि सार्वजनिक भएको छोटो समयमै सबैको मन मुटुमा बस्न सफल भएको छ ।
गीतको म्युजिक भिडियो निकै आकर्षक बनाइएको छ । गीतमा लोमश शर्मा र रुविना अधिकारीले नृत्य गरेका छन भने कुमार केसीले गीतको निर्देशन गरेका छन ।