सूर्य खड्का, निशा क्षेत्री र समीक्षा अधिकारीको आवाजमा तीज गीत सारी जापानी ( भिडियो सहित)

काठमाडौं - सर्जक तथा गायिका निशा क्षेत्रीको शब्द साथै नन्दु परियारको लय  रहेको नयाँ तीज गीत सारी जापानी भर्खर मात्र सार्वजनिक भएको छ । 

अडियो र भिडियो समेत दमदार रहेको सो गीतले छोटो समयमै सबैको मन् जित्दै गइरहेको छ । प्रवाशबाटै नेपाली गीत संगीतमा सफलता पाईरहेका गायक सुर्य खड्काले यो तीजको लागि करिब एक दर्जन गीतहरू गायका छन् । जापानमै रहेर गीत संगितमा संघर्षरत गायिका निशा क्षेत्री निशानाको शब्दमा तयार भएको गीतको लय नन्दु परियार र एरेन्ज विश्वाश नेपालको रहेको छ। 

प्रबिन थापाको निर्देशन तथा कोरियोग्राफिमा तयार भएको भिडियोमा दुर्गेश थापा र सम्झना बुढाथोकीको अभिनय रहेको छ । निशा क्षेत्री युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको सिनेमेटोग्राफी राम केसी र सम्पादन अमृत चापागाईको रहेको छ ।

 

प्रतिक्रिया