काठमाण्डौ । एक गायिकालाई बलात्कार गरेको आरोप लागेका पल शाह यतिबेला फरार छन । उनलाई प्रहरीले खोजे पनि भेट्न सकेको छैन ।
शाह विरुद्ध तनहुँमा पटक पटक बलात्कार गरेको केशमा प्रहरीलेमा उजुरी दिएका छन । नाबालिकाको पिताले आफ्नो छोरी माथि दुर्व्यवहार गरेको अभियोग लगाएका छन । यता समीक्षाका वकिल राधिका खतिवडाले पल शाह जेल जाने निश्चित रहेको बताएकी छन ।
उनले पललाई प्रहरीमा सहयोग गर्न पनि अनुरोध गरेकी छन । शाहलाई कानुन अनुसार दशदेखि १२ वर्ष सम्म जेल सजाय हुने नेपाली कानुन छ । बालिका १८ बर्स नपुगेको हुँदा उनलाई अदालतबाट दोषी सावित हुने अवस्था रहेको छ ।
आउनुहोस् बालिकाकी वकिलसँग भएको कुराकानी सुन्नुहोस्