काठमाडौँ । लोकप्रिय मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत ‘निदरीमा’ भर्खरै सार्वजनिक भएको छ। माया–प्रेमको भावनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त गीतको अडियो तथा भिडियो आकर्षक बनेको छ।
गीतमा गायक रामजी खाँण र गायिका रञ्जीता विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा लय सर्जक सुजन लम्सालले सिर्जना गरेका हुन्। प्रेमभावलाई सरल र मार्मिक ढंगले प्रस्तुत गरिएको गीतले श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
राजकुमार मगरको निर्देशन रहेको म्युजिक भिडियोमा मोडल शिशिर पौडेलसँगै यशु भट्टराईको अभिनय रहेको छ। दुवै कलाकारको अभिनयले गीतको कथावस्तुलाई जीवन्त बनाएको छ।
सार्वजनिक भएको छोटो समयमै ‘निदरीमा’ले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।