कुशल निर्देशक स्मृतिको आवाजमा पनि जादु,महंगीले तीजमा पिरलो 

काठमाण्डौ । निर्देशन मार्फत चर्चामा रहेकी कुशल निर्देशक स्मृति तिमिल्सिनाको आवाज रहेको नयाँ गीतले समेत चर्चा पाएको छ । उनले यस अघिका वर्षमा पनि तीज गीत सार्वजनिक गर्ने गरेकी थिएन । 

लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटा र स्मृतिको गीतमा आवाज रहेको छ भने पछिल्लो समय देशमा देखिएको मूल्य बुद्धिलाई गीतले अडियो र भिडियोमा देखाइएको छ । 

अडियो र भिडियो राम्रो बनेको गीतमा सुमन ढकालको शब्द सिर्जना छ भने गायक सापकोटाकै लय रहेको छ ।  गीतमा विश्वास नेपालको संगीत संयोजन छ । मौलिक शब्दहरूमा सजिएको उक्त गीतमा समसामयिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।

गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गर्नुभएको हो । 

 

 

प्रतिक्रिया