महेश बराललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षकाे जिम्मेवारी

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बराललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराए। बरालको नियुक्ति अर्को व्यवस्था नभएसम्मका लागि मात्र हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ। गत पुसमा रमेशकुमार हमाल बाहिरिएपछि बोर्ड नेतृत्वविहीन भएको थियो। 

यसअघि, अर्थमन्त्री वर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्ष बनाएका थिए। नयाँ अर्थमन्त्री पौडेलले रानालाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय