नेपाल लाइफ इन्स्योरेन्सका सिइओद्वारा राजिनामा, कामु सिइओमा चौधरी


काठमाडौं— नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजिनामा दिएका छन् । प्रसाईको राजिनामा सञ्चालक समितिले  कात्तिक २१ गते देखि लागु हुने गरि स्वीकृत गरेको छ । सञ्चालकहरुको अनावश्यक हस्तक्षेप भए गरे पछि नौ महिनामै राजिनामा दिएको बतााइएको छ ।


सञ्चालक समितिले डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । प्रसाई आफ्नो कार्यकाल ९ महिना पनि पुरा नभई बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
 

प्रतिक्रिया