हरेक राष्ट्र प्रेमीले सुन्नै पर्ने राजेन्द्र कँडेलको नयाँ गीत म त बोल्ने हो - भिडियो सहित 

काठमाण्डौ । विभिन्न विधाका गीतहरू सार्वजनिक गरेर सबै माझ चर्चामा रहेका लोकप्रिय गायक तथा सर्जक राजेन्द्र कँडेलको नयाँ देश प्रेमी गीत म त बोल्ने हो भर्खर मात्र सार्वजनिक भएको छ । 

देशमा भइरहेका विकृति र विसंगतिलाइ कडा झटारो हानिएको सो गीतको अडियो र भिडियो सबै उत्कृष्ट बनाइएको छ । उनले आफ्नो गीत मार्फत नेपालीलाई सन्देश समेत दिन खोजेका छन । 

गीतमा राजेन्द्र कँडेलको आवाज रहेको छ भने रमेश लुइँटेलकाे शब्द सिर्जना रहेको छ । गीतलाई कँडेल आँफैले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो निकै मेहनत गरेर बनाइएको छ । गीतमा राजेन्द्र कँडेलको निर्देशन रहेको छ भने कमल गाउँलेको मुख्य भूमिका गीतमा रहेको छ । 

 

प्रतिक्रिया