भरतपुरका दुई दुर्गाको लोभलाग्दो भैंसी पालन - भिडियो सहित

काठमाण्डौ - नेपालमा केही गर्न सकिएन भनेर दैनिक  रुपमा हजारौ युवा विदेश पसिरहेको बेला भरतपुरका दुई जना दुर्गाहरुले गरेको भैँसीपालन भने सबैको लागि उदाहरणीय बनेको छ । 

एक वर्षको छोटो अवधिमा उनीहरुले सुरु गरेको भैसी पालन व्यवसाय अहिले सबैको लागि उदाहरणीय बनिरहेको छ ।  

महिला त्यो पनि पशुपालन, सुरुमा उहाँहरूको कामप्रति धेरैले आशंका व्यक्त गरेका थिए तर दैनिकरुपमा कामलाई सफल बनाउँदै लगेपछि आजभोलि उहाँहरूको प्रशंसा हुने गरेको छ । 

भरतपुर महानगरपालिका भोजाहडमा दुर्गा पौडेल र दुर्गा कडेलले गरेको भैसिपालनलाई आज हामीले भिडियो रिपोर्ट मार्फत यहाँहरुलाई देखाउन गइरहेका छौं । 

 

प्रतिक्रिया