लोकप्रिय गायक पशुपति शर्माको नयाँ गीत "आँखा झिमी झिमी" चर्चामा

काठमाडौं - केही दिन अघि मात्र फाटेको मन् बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माले आवाज दिएको नयाँ गीत "आँखा झिमी झिमी" सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । 

गीतले माया प्रेमलाई विषय बनाएको छ भने लोकप्रिय सर्जक दीपक कँडेलले गीतको उत्कृष्ट शब्द सिर्जना गरेका छन् साथै लय भने गायक तथा सर्जक गणेश अधिकारीको रहेको छ । 

पशुपति शर्मा र सिर्जना कुँवरको आवाज रहेको गीतको म्युजिक भिडियो समेत दमदार बनाइएको छ । गीतमा सुनिल क्षेत्री र एलिना शर्माको अभिनय रहेको छ । गीतलाई सुनिल आफैले निर्देशन गरेका छन् । गीतले २४ घण्टामै 1 लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । 

गीतको डिजिटल व्यवस्थापन दीपिका म्युजिकले गरेको छ । 

 

प्रतिक्रिया