काठमाण्डौ । नेपालमा पछिल्लो समय स्वदेश गान र देश भक्ति गीतहरू निकै कम सार्वजनिक हुन्छ कारण हो व्यवसायीक नहुनु । तर यसै बीचमा युवा सर्जक यम प्रसाद निउरेले यस्तै देश प्रेमी गीत जनता सचेत बनौ बोलको निकै सुमधुर गीत सार्वजनिक गरेका छन ।
नेपालमा स्थानीय निकायको चुनाव आँउदै छ,यो चुनावमा हाम्रा भन्दा पनि देशको भलाईको लागि राम्रा नेता चयन गर्नु पर्ने भावना गीतले बोकेको छ । गीतको अडियो र भिडियो निकै दमदार रहेको छ ।
गीत सार्वजनिक भएपछि धेरै नेपालीहरूबाट आँफुहरुलाई निकै राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले आर्थिक सन्देशलाई जानकारी दिएको छ । पछिल्लो समयका लोकप्रिय गायक विष्णु खत्री,बद्री पँगेनी,सागर विरही,अस्मिता डल्लाकोटी,लक्ष्मी रिजालको आवाज रहेको गीतलाई शब्द यम प्रसाद निउरेले गरेका हुन भने लय सिर्जना गायक तथा सर्जक सागर विरहीले गरेका छन । गीतको भिडियो सामान्य छ तर अडियो निकै उत्कृष्ट बनेको छ । गीतलाई सागर विरहीले भिडियो निर्देशन गरेका छन ।