दिनहुँ घटबढ भएको सुनको मूल्य, आज स्थिर यस्तो छ आजको कारोबार

काठमाडौ - साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको भाउ १ हजार २९५ रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया