एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा


काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ ।  कम्पनीको आर्थिक वर्ष २०७६÷२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।


बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।


कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४२ हजार ९ सय ५४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ३४ ८७७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ९७ हजार २७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया