वाणिज्य बैंकहरूले ५३ अर्ब ४२ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो राखेर प्रवाह गर्ने कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूले ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६३ प्रतिशतले बढी हो।

गत वर्ष असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस वर्ष १५ वटा वाणिज्य बैंकहरूले सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छन्, जसमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन्।

नेपाल बैंकले सो अवधिमा २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.५३ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा ८ वटा बैंकले सुनचाँदी धितोमा कर्जा प्रवाह बढाएका छन् भने बाँकी ८ बैंकको कर्जा प्रवाह घटेको छ। ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, र हिमालयन बैंकले भने सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन्।

कुन बैंकले कति कर्जा दिए?

  • नेपाल बैंक: २२ अर्ब ३३ करोड
  • राष्ट्रिय वाणिज्य बैंक: २० अर्ब ३१ करोड
  • प्राइम कमर्सियल बैंक: ६ अर्ब ८५ करोड
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: १ अर्ब ७६ करोड
  • लक्ष्मी सनराइज बैंक: ६९ करोड
  • सिटिजन बैंक: ६९ करोड
  • नविल बैंक: ४९ करोड
  • माछापुच्छ्रे बैंक: १२ करोड
  • प्रभु बैंक: ७९ लाख
  • एनआईसी एशिया बैंक: ३२ लाख
  • कृषि विकास बैंक: १८ लाख
  • सिद्धार्थ बैंक: १२ लाख
  • कुमारी बैंक: २ लाख
  • सानीमा बैंक: १ लाख
  • एनएमबी बैंक: ७९ हजार

प्रतिक्रिया