बीमा कम्पनीलाइ तोकेकै समयमा पुँजी वृद्धि गर्न दबाब,मर्जर पनि विकल्प

काठमाडौं -  बीमा समितिले केही समय अघि परिवर्तन गरेको बीमा कम्पनीको पूँजी तोकिएकै समयमा पुर्याउने दबाब दिने भएको छ । जीवन बीमा र निर्जीवन बीमा दुवै कम्पनीको पूँजी सत प्रतिशतले बढाउने नयाँ व्यवस्था आएको थियो । 

पूँजी वृद्धिको लागि मर्जरमा जान समेत समितिले ताकेता गर्ने भएको छ । नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा बीमा समितिमा आयोजित शुभकामना कार्यक्रममा  समितिको निर्देशनबमोजिम कम्पनीहरुले स्वः स्फूर्तरूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने समितिले जनाएको थियो ।  कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू समेतको उपस्थिति थियो।

बीमा व्यवसायलाई स्थापित रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको पनि जनाएको छ। उक्त नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास रहेको समेत अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए।

विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई समितिले निर्देशन दिइएको छ। बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने समितिले जनाएको छ।

 

प्रतिक्रिया