काठमाडौं - नाबालिग बलात्कार आरोपमा पक्राऊ परेका नायक पल शाहलाई आज फेरि तनहुँ नै ल्याइएको छ ।
गैंडाकोटमा उनको बयान सकिएसँगै तनहुँ ल्याइएको प्रहरीले जनाएको छ । गायिकाका परिवारले तनहुँ र गैंडाकोट दुई ठाउँबाट उजुरी दिएका थिए । बनाएका लागि केही दिन अघि शाहलाई तनहुँबाट गैंडाकोट लगिएको थियो ।
फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्याइएको थियो।
तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।