बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ त आजको बजार कारोबार

आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।

महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी रमेश महर्जनको सम्झनामा सुनको मूल्य तोकेको थिएन । सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी, आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ छ ।


प्रतिक्रिया