वाईसीएल चितवनको प्रसंसनीय काम, विद्यार्थीलाई न्यानो कपडा

चितवन- ६७ औ शहिद दिवसको अवसरमा वाईसीएल नेपाल चितवनले करिव १५० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत वाईसीएल चितवनले भरतपुर २९ को राष्टिय आधारभुत विद्यालय फेवाटार, राष्टिय आधारभुत विद्यालय तान्द्रागं, राष्टिय आधारभुत विद्यालय भर्लागं र राष्टिय आधारभुत विद्यालय कुसुमटार गरी ४ वटा विद्यालयमा न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक एवं वाईसीएल चितवनका संयोजक कमल कडेलले जानकारी दिनुभयो । उहाँले वाईसीएल चितवन सामाजिक कार्यक्रममा निरन्तर अगाडि रहने वताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहाल, पाटीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, भरतपुर महानगर पाटी कमिटिका अध्यक्ष तगा वाग्मती प्रदेश सांसद ईश्वर सापकोटा सुमन , भरतपुर महानगर पाटी कमिटिका सह–सचिव प्रकाश कडेल, वाईसीएलका केन्द्रिय कोषाध्यक्ष सन्तोष पनेरु, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम वाईसीएलका नेता मनोज कुमार थापाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया