काठमाडौं - लोकप्रिय सर्जक तथा गायक अर्जुन सापकोटाले "बस्यौ अलक्कै" गीतबाट यो वर्षको १५ औँ विन्दवासीनी म्युजिक अवार्डमा उत्कृष्ट गायकको उपाधि जित्न सफल भएका छन्।
बिहीबार काठमाडौंमा आयोजित अवार्ड वितरण कार्यक्रममा उक्त गीतलाई उत्कृष्ट दोहोरी गायक अन्तर्गत सम्मानित गरिएको हो।
गीतले अवार्ड जितेपछि गायक सापकोटाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन्,
"बिन्दवासिनी म्युजिक अवार्ड १५औं संस्करणमा ‘बस्यौ अलक्कै’ गीतबाट सर्वोउत्कृष्ट लोकदोहोरी गायकको अवार्ड प्राप्त गर्न पाउँदा अत्यन्त गर्व र खुसी लागेको छ। यो सम्मान सम्पूर्ण टिमको माया र मेहनतको नतिजा हो। बिन्दवासिनी म्युजिकलाई यस्तो प्रतिष्ठित सम्मानका लागि विशेष धन्यवाद! गीतलाई माया गर्ने सम्पूर्ण दर्शक–श्रोताहरूलाई मुटु भरिको धन्यवाद र माया। तपाईंहरूको साथले अझ राम्रो सिर्जना गर्ने प्रेरणा मिलेको छ।"
सापकोटा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित सर्जक तथा गायकको रूपमा लिइन्छ।