एमसीसीमा जागिर गर्ने हैन ? परियोजनाले माग्यो कर्मचारी

काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भए लगत्तै परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले जनशक्ति नियुक्तिका लागि आवेदन खुला गरेको छ ।

एमसीए–नेपालले विभिन्न १० पदको लागि विज्ञापन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले १५ मार्च २०२२ अर्थात चैत १ गते भित्रमा आवेदन दिन भनिएको छ ।

काठमाडौं कार्यालयमा रहेर काम गर्न लागि कर्मचारी नियुक्त गर्न लागेको एमसीए–नेपालले जनाएको छ ।  एमसीसी कार्यान्वयनका लागि परियोजना व्यवस्थापकदेखि सवारी चालक र कार्यालय सहयोगीसम्मका कर्मचारीको लागि आवेदन खुला भएको छ । 

प्रतिक्रिया