शब्द र संगीतबाट डा शिव सुवेदीको शक्तिशाली प्रहार,दर्शक श्रोता मन्त्र मुग्न

काठमाडौं - लोकप्रिय सर्जक डा शिव सुवेदीको भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "दुःख टर्या छैन" सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको मन जितिरहेको छ । 

माया प्रेमलाई विषय बनाएर सुवेदीले आफ्नो नयाँ गीत मार्फत निकै तिखो प्रहार गरेका छन् । विगतमा जस्तै यो पटकको उनको सिर्जना पनि उस्तै ओझिलो छ भने शब्द र संगीतको पाटो निकै बलियो छ । 

थोरै तर गुणस्तरिय सिर्जना गर्ने सुवेदीका २ दर्जन भन्दा धेरै चर्चित गीत दर्शक स्रोतको मनमा बस्न सफल भई सकेका छैनन् । 

चर्चित गायक खेम सेन्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतको म्युजिक भिडियो विनोद भण्डारीले निर्देशन गरेका छन् भने विनोद र रिना गुरुङको अभिनय देशमा सकिन्छ । 

 

प्रतिक्रिया