मंसिर महिनाको दोस्रो दिनपनि सुनको मूल्य उकालो

काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया